
- August 20, 2025
- by owgnepal
- News and Events
२०८। ०४। २२ काठमाडौं, Organic World Group Pvt. Ltd. ले आफ्नो गौरवपूर्ण १३ औं वार्षिकोत्सव कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। करिब नेपालभरिका ११०० जना सम्मानित डीलर, एम.आर., लिडर तथा अतिथिहरूको उपस्थिति रहेको यस कार्यक्रममा संस्थाको ऐतिहासिक यात्रा र आगामी लक्ष्यहरूबारे विशेष चर्चा भएको थियो।
कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख व्यक्तित्व श्री रोशन कुमार लो र संस्थापक सदस्य श्री खडक बहादुर योन्जनले संयुक्त रूपमा गर्नुभएको थियो भने,
कार्यक्रम सञ्चालन सञ्चालिका संगीता घिसिङले गरिरहनुभएको थियो, जसले आफ्नो आत्मविश्वासी शैली र आकर्षक प्रस्तुतिबाट सम्पूर्ण कार्यक्रमलाई ऊर्जा–पूर्ण बनाउनु भयो।
अध्यक्ष रोशन कुमार लोज्यूले आफ्नो मन्तव्यमा,
“Organic World Group Pvt. Ltd. को यात्रा केवल व्यवसायिक मात्र होइन, विश्वास, स्वास्थ्य र प्राकृतिक जीवनशैलीप्रतिको हाम्रो अटूट प्रतिवद्धता हो।
हामीले सुरु गरेको यो यात्रा १३ वर्षमा आइपुग्दा, हाम्रो कम्पनीका तीन मूल आधार स्पष्ट देखिएका छन् —
१) गुणस्तरमा सम्झौता नगर्ने नीति
२) ग्राहकप्रतिको विश्वास र पारदर्शिता
३) सहयोग र साझेदारीमार्फत सामूहिक प्रगति
हाम्रो लागि व्यापार नाफा मात्र होइन, स्वस्थ समाज निर्माण नै हाम्रो मुख्य उद्देश्य हो। त्यसैले हामीले ल्याउने प्रत्येक उत्पादनमा प्राकृतिकता, सुरक्षा र प्रभावकारितालाई पहिलो प्राथमिकता दिएका छौँ।
आजको यो विशेष अवसरमा, म नेपालभरिका डीलर, एमआर, लिडर तथा सम्पूर्ण ग्राहकवर्गलाई धन्यवाद दिन चाहन्छु। तपाईंहरूको समर्थन र विश्वासकै कारण Organic World Group Pvt. Ltd. आजको यो सफल यात्रामा आइपुगेको हो।
आगामी दिनमा पनि हामी सुधार, नवीनता र नैतिक व्यवसायिक मूल्यमा अडिग रही, तपाईंहरूको स्वास्थ्य र विश्वासलाई केन्द्रमा राखेर अघि बढ्नेछौँ।” भन्दै स्पष्ट भनाई राख्नुभयो।
संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा नेपालभरिका डिलर, मार्केटिङ रिप्रेजेन्टेटिभ (एमआर) , ट्रेनर र लिडरहरूलाई विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा कलाकारहरूले प्रस्तुत गरेका नृत्य तथा सांगीतिक प्रस्तुतिले उपस्थितलाई मनोरञ्जनसँगै उत्साह पनि थपिदियो। यसले वार्षिकोत्सवलाई अझै रंगीन र स्मरणीय बनाएको सहभागीहरूले प्रतिक्रिया जनाए। अन्त्यमा, केक काटी १३ औं वर्षगाँठको औपचारिक समापन गरिएको थियो।
Organic World Group Pvt. Ltd. को यो सफलताले संगठनलाई अझै नयाँ उचाइमा पुर्याउने र स्वास्थ्य, विश्वास तथा प्राकृतिक जीवनशैलीप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।